मन्त्री शाहीद्वारा कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यान्वयन निर्देशन « Khabarhub

मन्त्री शाहीद्वारा कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यान्वयन निर्देशन


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यन्वयन गर्न निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि बिहीबार उनले प्रतिबद्ध भएर कार्यन्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिएका हुन् । 

मन्त्री शाही र सचिव डा. राजेन्द्रप्रसाद मिश्रबीच तथा सचीव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच आज कार्यसम्पादन सम्झौता भएको हो ।

‘प्रधानमन्त्रीसँग सम्झौता भएको कार्यसम्पादन कार्यन्वयन गर्न म प्रतिबद्ध रूपमा लाग्ने छु’, मन्त्री शाहीले भने, ‘मन्त्रालय र हामीबीच भएको कार्यसम्पादन सम्झौता कार्यन्वयन गर्न तपाईंहरू पनि कटिबद्ध भएर लाग्नुस् ।’

आगामी कार्यसम्पादनको मुल्यांकन ९० प्रतिशत अंकभार प्राप्त गर्ने गरी कार्यन्वयनमा लाग्न मन्त्री शाहीले सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिए । उनले वन मन्त्रालयमार्फत एक वर्षमा उपलब्धिमूलक काम भएका बताउँदै मन्त्रालयलाई सफल र सक्षम बनाउन विभागीय प्रमुखको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।

मन्त्री शाहीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गरौँ । काम गर्ने क्रममा बाधाअड्चन वा समस्या देखिए एकापसमा छलफल गरी समाधान निकालौँ ।’ 

उनले सुखी नेपाली समृद्धि नेपालको परिकल्पनासहित जनताका चाहनाअनुसार विकास निर्माणमा सबैले हातेमालो गरी अघि बढ्न आग्रह गरे ।
 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ४ : २२ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो