बेथिति अन्त्य गर्दै सुशासनसहितको पारदर्शी सेवा प्रवाह गर्नुपर्छ : राष्ट्रपति « Khabarhub

बेथिति अन्त्य गर्दै सुशासनसहितको पारदर्शी सेवा प्रवाह गर्नुपर्छ : राष्ट्रपति


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिएका छन्।

मादी माध्यमिक विद्यालय सङ्खुवासभाको हीरक महोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए । उनले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान-अन्वेषण लक्षित बनाउन पाठ्यक्रम, सिकाइ पद्धति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताए।

‘गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतःउद्यमशीलतासँग जोड्नुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मानिसका आधारभूत आवश्यकताका क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ’, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएकाले शिक्षालाई सीप विकाससँग जोडेर लगानी गर्नुपर्ने धारणा राखे। राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरूप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय, समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशका विकास, निर्माण तथा स्वरोजगारका क्षेत्रमा आबद्ध गर्न व्यावसायिक वातावरण सुधार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । 

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो बलिदान, त्याग र सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै यो व्यवस्थामार्फत समान रूपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दै गएको धारणा राखे । पछिल्लो समय आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका उनको भनाइ छ ।

सुन्दर प्राकृतिक संरचनासहित प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभा, जलविद्युत् उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको बताउँदै उनले छिमेकी मुलुक चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार व्यवसाय बढाउन सकिने सम्भावना पनि उत्तिकै रहेको धारणा राखे ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ४ : २८ बजे

विश्व क्यान्सर दिवस : समयमै पहिचान र उपचार नै जीवन रक्षा

भद्रपुर– झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१