संखुवासभा पुगेर राष्ट्रपतिले भने- शासनमा कमजोरी देखाई व्यवस्थामाथि भ्रम फैलाउनेविरुद्ध सचेत हुनुपर्छ « Khabarhub

संखुवासभा पुगेर राष्ट्रपतिले भने- शासनमा कमजोरी देखाई व्यवस्थामाथि भ्रम फैलाउनेविरुद्ध सचेत हुनुपर्छ


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय शासन सञ्चालनमा देखिएका केही कमीकमजोरी र ढिलासुस्तीलाई देखाएर व्यवस्थामाथि नै भ्रम सिर्जना गर्न केही शक्ति लागेकोले सबै लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने बताएका छन् ।

संखुवासभाको मादी नगरपालिकास्थित मादी माध्यमिक विद्यालयको हीरक महोत्सवमा राष्ट्रपति पौडेलले सरकारले सुशासन र सेवा प्रवाहमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । 

जनताको भाग्य र भविष्यको फैसला आफैँ गर्ने व्यवस्था नै लोकतन्त्र भएकोले यसको कुनै विकल्प नभएको भन्दै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेलले मादी विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै शिक्षालाई समयानुकूल र जीवनोपयोगी बनाउँदै युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्नु पर्ने बताए । 

उनले संखुवासभा प्राकृतिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा देशकै नमूना जिल्ला रहेको भन्दै विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयलाई अगाडी बढाउनुपर्ने धारणा राखे । किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत आयोजना,  माथिल्लो अरुणलगायतका आयोजनाहरूको विकास गरेर मुलुकले समृद्धि हासिलमा थप टेवा पुग्ने पौडेलले बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका संखुवासभाबाट निर्वाचित जनप्रतिनिधि एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले मादी विद्यालयले हीरक महोत्सव मनाउनु र राष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वको उपस्थिति हुनु जिल्लाकै गौरवको विषय भएको बताए  । 

उनले शिक्षा क्षेत्रमा संखुवासभा अब्बल जिल्लाको रूपमा स्थापित रहँदै आएको तथा स्रोत र साधनका हिसाबले पनि अत्यन्तै सबल र सम्पन्न जिल्ला भएको भन्दै शिक्षा क्षेत्रमा मादी माविले पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गरे । 

उनले देशमै पहिलो पटक आयुर्वेदिक विश्वविद्यालयको रूपमा योगमाया आयुर्वेदिक विश्वविद्यालयको स्थापनाले जिल्लाको पहिचान थप उचाइमा पुगेको धारणा राखे । 

मन्त्री खड्काले ऊर्जा क्षेत्रको दृष्टिले संखुवासभामा पाँच हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने क्षमता भएकोले सबै एकजुट भएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिए । 

उनले पर्यटकीय दृष्टिले समेत मकालु हिमाल, अरुण उपत्यका देखि थुप्रै पर्यटकीय स्थान भएकोले यसको विकासमा दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह गरे । चीन र भारतजस्ता दुई छिमेकी राष्ट्रलाई जोड्ने किमाथाङ्का नाकाको विकासमा आफू लागिपरेको बताए ।

सो अवसरमा विद्यालयमा विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ४२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका