उखु किसानका माग चाँडै सम्बोधन गरिने : गगन थापा « Khabarhub

उखु किसानका माग चाँडै सम्बोधन गरिने : गगन थापा


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग चाँडै सम्बोधन गरिने बताएका छन्। 

बर्दिबासमा सञ्चारकर्मीहरुको जिज्ञासामा महामन्त्री थापाले सरकार उखु किसानका माग सम्बोधन गर्न अग्रसर भएको बताए। 

‘सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा किसानलाई दिइने अनुदानको रकम बजेटमा व्यवस्था गरिसकेको छ, यसअनुरूप कृषि मन्त्रालयले अनुदान दिने प्रक्रिया थालेको छ’, उनले भने, ‘अब किसानले अनुदानको रकम चाँडै पाउनेछन् ।’

सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अनुरूप रु दुई अर्ब छुट्याइसकेको र अब रु २५ करोडजति थप्दा भुक्तानीमा समस्या नहुने उनको भनाइ थियो । यस विषयमा आपूmले कृषि मन्त्रीसँग छलफल गरेको महामन्त्री थापाले बताए।

किसानले पाउँदै आएको अनुदान लिन आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै उनले सरकारले उखुको मूल्य निर्धारणदेखि भुक्तानीसम्मका विषयमा किसानसँग छलफल गर्नपर्ने बताए। उत्पादन गर्ने किसानको प्रतिनिधित्व नै नगराइ मूल्य लादिनु ठीक नहुने उनले स्पष्ट पारे ।

महामन्त्री थापा सर्लाहीको लालबन्दी–१ जुुटपानीमा नेपाली कांग्रेसका नेता वासुशरण कोइरालाप्रति श्रद्धाञ्जली दिन तथा परिवारजनप्रति सद्भाव र समवेदना व्यक्त गर्न आएको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ४८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर