कैलालीको खुटिया नदीमा पौडी खेल्दा डुबेर एकसाथ चार किशोरले गुमाए ज्यान | Khabarhub Khabarhub

कैलालीको खुटिया नदीमा पौडी खेल्दा डुबेर एकसाथ चार किशोरले गुमाए ज्यान


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको खुटिया नदीमा पौडी खेल्न गएका चारजना साथीको एकै पटक डुबेर ज्यान गएको छ ।

गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा बिहीबार दिउँसो २ बजेतिर धनगढीका चार किशोरहरू बेपत्ता भएका थिए।

बेपत्ता भएका चारैजना किशोरको शव नदीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए।

पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाउनेहरूमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षकै प्रतीक चौधरी छन्।

यी किशोरहरू बिहीबार दिउँसो सात जनाको समूह बनाएर खुटिया नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा पौडी खेल्न पसेका अन्य तीनजनाको उद्दार गरिएको छ। चारैजना किशोरको शव परीक्षणका लागि धनगढी ल्याइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ७ : ४७ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।