इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी « Khabarhub

इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको सदरमुकास्थित इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थापाविरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीलाई पुर्जीको अनुमति दिएको हो।

२०८१ फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन।

लामो उपचार गरे पनि उनी अहिले अशक्त छिन। यो प्रकरणमा पीडित पक्षले उच्च अदालत विराटनगर पुगेको थियो । उच्चले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दियो । त्यसपछि थापाविरुद्ध प्रहरीले मुद्दा अघि बढाएको हो।

गत साउन १६ गते मुद्दा दर्ता भएर साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

उनले वडाअध्यक्ष थापा अहिले फरार रहेको बताए । थापालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए

शरीर अंगभंगको मुद्दा फौजदारी भएकोला सार्वजनिक पद धारण गरेको व्यक्ति स्वतः निलम्बन हुने बताए। भदौ ८ गतेसम्म कार्यालय कामकाज गरेका थापा भदौ ९ देखि वडासदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक दिएर फरार भएका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : २४ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने