इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी « Khabarhub

इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको सदरमुकास्थित इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थापाविरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीलाई पुर्जीको अनुमति दिएको हो।

२०८१ फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन।

लामो उपचार गरे पनि उनी अहिले अशक्त छिन। यो प्रकरणमा पीडित पक्षले उच्च अदालत विराटनगर पुगेको थियो । उच्चले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दियो । त्यसपछि थापाविरुद्ध प्रहरीले मुद्दा अघि बढाएको हो।

गत साउन १६ गते मुद्दा दर्ता भएर साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

उनले वडाअध्यक्ष थापा अहिले फरार रहेको बताए । थापालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए

शरीर अंगभंगको मुद्दा फौजदारी भएकोला सार्वजनिक पद धारण गरेको व्यक्ति स्वतः निलम्बन हुने बताए। भदौ ८ गतेसम्म कार्यालय कामकाज गरेका थापा भदौ ९ देखि वडासदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक दिएर फरार भएका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : २४ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा