युवालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छः मुख्यमन्त्री कँडेल « Khabarhub

युवालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छः मुख्यमन्त्री कँडेल


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षण गर्न बैंक तथा वित्तीय संस्थाले आफना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरुसँगको छलफल कार्यक्रममा उनले युवालक्षित आकर्षणका कार्यक्रमले रोजगारी सिर्जना हुने बताए

कर्णालीबाट रोजगारीका लागि विदेशिने जनशक्तिलाई प्रदेशमै उद्यम व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउनेतर्फ बैंकहरुले वित्तीय साक्षरता कार्यक्रम चलाउन पर्ने उनको भनाइ छ ।

उनले भने, “सेवाग्राही बैंक खोज्दै होइन तपाईंहरु सेवाग्राही खोज्दै जानुस् । उद्यम व्यवसायमा जति लगानी बढायो त्यति नै आर्थिक क्षेत्र चलायमान हुन्छ, बैंकहरुले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउँदै लैजानु पर्दछ ।

मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षदेखि ब्याज अनुदानको कार्यक्रमका क्षेत्रलाई विस्तार गरिएको उल्लेख गरे । अन्तरक्रियामा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले प्रदेश सरकारबाट बैंकहरुमार्फत कार्यान्वयन हुने ब्याज अनुदान तथा कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : ३८ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष