ल्हासामा चिनियाँ प्रहरीले तिब्बती महिलालाई निर्घात कुटपिट गरेपछि… « Khabarhub

ल्हासामा चिनियाँ प्रहरीले तिब्बती महिलालाई निर्घात कुटपिट गरेपछि…


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ प्रहरीले एक जना तिब्बती महिलालाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । तिब्बतको राजधानी ल्हासामा चिनियाँ प्रहरीले एक जना राजनीतिक बन्दीकी बहिनीलाई कुटपिट गर्दै दुर्व्यवहार गरेको हो ।

केन्द्रीय तिब्बती प्रशासनले जनाएअनुसार चिनियाँ प्रहरीले राजनीतिक बन्दी एवम् व्यवसायी दोर्जी टासीकी बहिनी गोन्पो क्यीलाई कुटपिट गरेको हो । प्रहरीको कुटपिट र दुव्र्यवहारपछि क्यीले आत्महत्याको प्रयास गरेको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार गत अगस्ट १८ का दिन क्यी आफ्ना दाजु र उनका वकिललाई भेट्न ल्हासा पुगेकी थिइन् । त्यहाँबाट प्रहरीले उनलाई सडकमा घिसार्दै लगेका थिए । त्यसपछि उनीमाथि कुटपिट भएको थियो । प्रहरीको कुटपिटपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

त्यसपछि उनलाई नजिकै रहेको याक होटेलमा उनलाई बन्धक बनाइएको थियो । सो होटेलबाट निस्किन खोजेपछि उनीमाथि थप दुव्र्यवहार भएको जनाइएको छ । त्यसको भोलिपल्ट फेरि होटेल पुगेर प्रहरीले उनीमाथि कुटपिट गरेका थिए ।

उनको दुबै खुट्टा र कम्मरमा चोट लागेको जनाइएको छ । तिब्बतमा चिनियाँ शासनको ६० औँ वर्षगाँठका बेला उनीमाथि भएको दुव्र्यवहारलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : ४० बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको