ल्हासामा चिनियाँ प्रहरीले तिब्बती महिलालाई निर्घात कुटपिट गरेपछि… « Khabarhub

ल्हासामा चिनियाँ प्रहरीले तिब्बती महिलालाई निर्घात कुटपिट गरेपछि…


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ प्रहरीले एक जना तिब्बती महिलालाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । तिब्बतको राजधानी ल्हासामा चिनियाँ प्रहरीले एक जना राजनीतिक बन्दीकी बहिनीलाई कुटपिट गर्दै दुर्व्यवहार गरेको हो ।

केन्द्रीय तिब्बती प्रशासनले जनाएअनुसार चिनियाँ प्रहरीले राजनीतिक बन्दी एवम् व्यवसायी दोर्जी टासीकी बहिनी गोन्पो क्यीलाई कुटपिट गरेको हो । प्रहरीको कुटपिट र दुव्र्यवहारपछि क्यीले आत्महत्याको प्रयास गरेको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार गत अगस्ट १८ का दिन क्यी आफ्ना दाजु र उनका वकिललाई भेट्न ल्हासा पुगेकी थिइन् । त्यहाँबाट प्रहरीले उनलाई सडकमा घिसार्दै लगेका थिए । त्यसपछि उनीमाथि कुटपिट भएको थियो । प्रहरीको कुटपिटपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

त्यसपछि उनलाई नजिकै रहेको याक होटेलमा उनलाई बन्धक बनाइएको थियो । सो होटेलबाट निस्किन खोजेपछि उनीमाथि थप दुव्र्यवहार भएको जनाइएको छ । त्यसको भोलिपल्ट फेरि होटेल पुगेर प्रहरीले उनीमाथि कुटपिट गरेका थिए ।

उनको दुबै खुट्टा र कम्मरमा चोट लागेको जनाइएको छ । तिब्बतमा चिनियाँ शासनको ६० औँ वर्षगाँठका बेला उनीमाथि भएको दुव्र्यवहारलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना