माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस् « Khabarhub

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उनीहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उखु उत्पादनमा निर्भर किसान वर्गको पसिनाको मूल्य, अधिकार र सम्मान गर्न सरकारसँग अनुरोध गरेका छन् । माओवादी केन्द्रले आज एक विज्ञप्ति जारीगरी उखु किसान काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “बक्यौता रकम नपाएर पीडित किसानलाई सरकारले अझ अपमानित गर्नेगरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ ।”

किसानवर्ग उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रिय अर्थतन्त्रको आधारशिला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढङ्गले पुनःनिर्धारण गर्न तथा किसानले उठाएका सबै जायज मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माओवादी केन्द्रले माग गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : २० बजे

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १८ गते शुक्रबार तदनुसार

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको