सीटी मार्केटका सबै पसल तीन महिनाभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन « Khabarhub

सीटी मार्केटका सबै पसल तीन महिनाभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सीटी मार्केटका सबै पसलहरू तीन महिनाभित्र खाली गर्न निर्देशन दिएको छ ।

महानगरको राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, सीटी मार्केटलाई आय ठेक्कामा लिने सम्झौता २०७९ पुस २२ गते गणेश इलेक्ट्रोनिक्ससँग भए पनि सम्झौताअनुसार कार्य अघि नबढेपछि बजार भत्काई वडा कार्यालय भवन निर्माण गर्ने निर्णय गरिएको हो ।

भदौ १५ गतेको नगर कार्यपालिकाको बैठकले गणेश इलेक्ट्रोनिक्सले कबोल गरेको वार्षिक २ करोड ७१ लाख रुपैयाँ बराबरको रकम पसलधनीले बाँकी भुक्तानी गरेपछि मात्र धरौटी रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।

हाल सीटी मार्केटका २७ जना व्यवसायीलाई ३ महिनाभित्र अन्यत्र सरेर पसल खाली गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ११ : १५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा