सीटी मार्केटका सबै पसल तीन महिनाभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन « Khabarhub

सीटी मार्केटका सबै पसल तीन महिनाभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सीटी मार्केटका सबै पसलहरू तीन महिनाभित्र खाली गर्न निर्देशन दिएको छ ।

महानगरको राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, सीटी मार्केटलाई आय ठेक्कामा लिने सम्झौता २०७९ पुस २२ गते गणेश इलेक्ट्रोनिक्ससँग भए पनि सम्झौताअनुसार कार्य अघि नबढेपछि बजार भत्काई वडा कार्यालय भवन निर्माण गर्ने निर्णय गरिएको हो ।

भदौ १५ गतेको नगर कार्यपालिकाको बैठकले गणेश इलेक्ट्रोनिक्सले कबोल गरेको वार्षिक २ करोड ७१ लाख रुपैयाँ बराबरको रकम पसलधनीले बाँकी भुक्तानी गरेपछि मात्र धरौटी रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।

हाल सीटी मार्केटका २७ जना व्यवसायीलाई ३ महिनाभित्र अन्यत्र सरेर पसल खाली गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ११ : १५ बजे

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका