वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित « Khabarhub

वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित भएका छन् । उनीद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो । 

तमु ह्युल छोँज धीँ  गुरुङ राष्ट्रिय परिषद् चितवनद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा गुरुङ संस्कार अनुसार नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षसमेत रहेका पराजुलीलाई सम्मान गरिएको हो । परिषद्का जिल्ला अध्यक्ष विमला गुरुङले कार्यक्रममा वरिष्ठ समाजसेवी पराजुलीलाई दही–अक्षता र सेतो फेटा लगाएर सम्मान पत्र प्रदान गरेका थिए । 

सो अवसरमा सम्मानित श्रष्टा पराजुलीले सम्मानप्रति कृतज्ञता प्रकट गर्दै यस्तो सम्मानले आफूलाई आगामी दिनमा थप ऊर्जा प्रदान गर्ने बताए । 

उनले  भने, ‘बखान उपन्यासले गुरुङ संस्कृतिसँगै समग्र नेपाली समाजको जीवन्त चित्रण गरेको छ ।’ उपन्यासकार पराजुलीले उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उपन्यासको प्रमुख पात्र बखानसिंहलाई चितवन चिनाउन आवश्यक स्थानहरूको भ्रमण गराइएको प्रसङ्ग पनि सुनाए ।

कार्यक्रममा गुरुङ संस्कृतिका ज्ञाता गणेशबहादुर गुरुङले उपन्यासले ऐतिहासिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनीसँगै व्यक्तित्व चितवनको ऐतिहासिक दस्तावेज भएको चर्चा गरे । 

सो अवसरमा समीक्षक तथा पत्रकार विनोदबाबु रिजालले बखान उपन्यास  केवल गुरुङ समुदायका लागि मात्र नभई गैरगुरुङ समुदायका पाठकका लागि पनि केही नयाँ पक्ष उजागर गरेको छ भने । 

तमु ह्युल छोँज धीँकी अध्यक्ष गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोँज धीँका पूर्वअध्यक्ष एवं सल्लाहकार पदमबहादुर गुरुङ, विपश्यना आचार्य एवं लेखक अक्कलध्वज गुरुङ, तमु ह्युल छोँज धीँका केन्द्रीय सदस्य तुलाराम गुरुङ, नारायणसिंह गुरुङलगायतले बखान उपन्यासका विविध पक्षमाथि टिप्पणी गरेका थिए ।

पढ्ने पर्ने उपान्यास बखान भित्र के छ त ?

बखान उपन्यासले विशेष गरेर चितवनको ऐतिहासिक बस्ती विकास, धर्म संस्कृति र ऐतिहासिक कुरालाई जीवन्त रुपमा सरल र सहज भाषामा सुक्ष्म उत्खनन् गरेको छ ।

साथै गुरुङ संस्कृतिसँगै उपन्यासले थारू, नेवार संस्कृतिलाई  आकर्षक रुपमा चित्रण गरेको छ । शिखा प्रकाशनद्वारा प्रकाशित सो उपन्यासले लेखनको परम्परागत शैलीलाई क्रमभंगता गर्दै नयाँ आयाम समेत दिएको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १२ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक