वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित « Khabarhub

वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित भएका छन् । उनीद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो । 

तमु ह्युल छोँज धीँ  गुरुङ राष्ट्रिय परिषद् चितवनद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा गुरुङ संस्कार अनुसार नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षसमेत रहेका पराजुलीलाई सम्मान गरिएको हो । परिषद्का जिल्ला अध्यक्ष विमला गुरुङले कार्यक्रममा वरिष्ठ समाजसेवी पराजुलीलाई दही–अक्षता र सेतो फेटा लगाएर सम्मान पत्र प्रदान गरेका थिए । 

सो अवसरमा सम्मानित श्रष्टा पराजुलीले सम्मानप्रति कृतज्ञता प्रकट गर्दै यस्तो सम्मानले आफूलाई आगामी दिनमा थप ऊर्जा प्रदान गर्ने बताए । 

उनले  भने, ‘बखान उपन्यासले गुरुङ संस्कृतिसँगै समग्र नेपाली समाजको जीवन्त चित्रण गरेको छ ।’ उपन्यासकार पराजुलीले उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उपन्यासको प्रमुख पात्र बखानसिंहलाई चितवन चिनाउन आवश्यक स्थानहरूको भ्रमण गराइएको प्रसङ्ग पनि सुनाए ।

कार्यक्रममा गुरुङ संस्कृतिका ज्ञाता गणेशबहादुर गुरुङले उपन्यासले ऐतिहासिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनीसँगै व्यक्तित्व चितवनको ऐतिहासिक दस्तावेज भएको चर्चा गरे । 

सो अवसरमा समीक्षक तथा पत्रकार विनोदबाबु रिजालले बखान उपन्यास  केवल गुरुङ समुदायका लागि मात्र नभई गैरगुरुङ समुदायका पाठकका लागि पनि केही नयाँ पक्ष उजागर गरेको छ भने । 

तमु ह्युल छोँज धीँकी अध्यक्ष गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोँज धीँका पूर्वअध्यक्ष एवं सल्लाहकार पदमबहादुर गुरुङ, विपश्यना आचार्य एवं लेखक अक्कलध्वज गुरुङ, तमु ह्युल छोँज धीँका केन्द्रीय सदस्य तुलाराम गुरुङ, नारायणसिंह गुरुङलगायतले बखान उपन्यासका विविध पक्षमाथि टिप्पणी गरेका थिए ।

पढ्ने पर्ने उपान्यास बखान भित्र के छ त ?

बखान उपन्यासले विशेष गरेर चितवनको ऐतिहासिक बस्ती विकास, धर्म संस्कृति र ऐतिहासिक कुरालाई जीवन्त रुपमा सरल र सहज भाषामा सुक्ष्म उत्खनन् गरेको छ ।

साथै गुरुङ संस्कृतिसँगै उपन्यासले थारू, नेवार संस्कृतिलाई  आकर्षक रुपमा चित्रण गरेको छ । शिखा प्रकाशनद्वारा प्रकाशित सो उपन्यासले लेखनको परम्परागत शैलीलाई क्रमभंगता गर्दै नयाँ आयाम समेत दिएको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १२ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको