देश छाड्न राहदानी बनाएको भन्दै देउवामाथिको टीकाटिप्पणीमा सत्यता छैन : प्रकाशशरण महत « Khabarhub

देश छाड्न राहदानी बनाएको भन्दै देउवामाथिको टीकाटिप्पणीमा सत्यता छैन : प्रकाशशरण महत


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका छन् ।  

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उचित नभएको भन्दै पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका हुन् । 

महाधिवेशन लगायत पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।

मुलुक अप्ठेरो अवस्थामा रहेकाले कांग्रेसका नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने उनले बताए । त्यस्तै उनले देश छाड्न राहदानी बनाएको भन्दै शेरबहादुर देउवामाथि भएको टीकाटिप्पणीमा सत्यता नरहेको जिकिर गरे । पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवालाई अपराधी जस्तो बनाएर अनर्गल प्रचार गरिएको उनले बताए ।

दलहरूलाई निर्वाचनमा भाग लिन दिन्नौ भन्ने अधिकार कसैलाई नरहेको भन्दै उनले निरंकुश शासनलाई सफल हुन नदिने स्पष्ट पारे । महतले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन हुनुपर्ने र सरकार पूर्वाग्रही भएर चल्न नहुने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : २२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक