देश छाड्न राहदानी बनाएको भन्दै देउवामाथिको टीकाटिप्पणीमा सत्यता छैन : प्रकाशशरण महत « Khabarhub

देश छाड्न राहदानी बनाएको भन्दै देउवामाथिको टीकाटिप्पणीमा सत्यता छैन : प्रकाशशरण महत


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका छन् ।  

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उचित नभएको भन्दै पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका हुन् । 

महाधिवेशन लगायत पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।

मुलुक अप्ठेरो अवस्थामा रहेकाले कांग्रेसका नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने उनले बताए । त्यस्तै उनले देश छाड्न राहदानी बनाएको भन्दै शेरबहादुर देउवामाथि भएको टीकाटिप्पणीमा सत्यता नरहेको जिकिर गरे । पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवालाई अपराधी जस्तो बनाएर अनर्गल प्रचार गरिएको उनले बताए ।

दलहरूलाई निर्वाचनमा भाग लिन दिन्नौ भन्ने अधिकार कसैलाई नरहेको भन्दै उनले निरंकुश शासनलाई सफल हुन नदिने स्पष्ट पारे । महतले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन हुनुपर्ने र सरकार पूर्वाग्रही भएर चल्न नहुने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : २२ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६