एमाले पदाधिकारीलाई युवाहरूको म्यासेज : हामीसँग सच्चिने र सक्किने दुईमात्रै विकल्प छन् « Khabarhub

एमाले पदाधिकारीलाई युवाहरूको म्यासेज : हामीसँग सच्चिने र सक्किने दुईमात्रै विकल्प छन्


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को सचिवालय बैठक बसिरहँदा पार्टीसम्बद्ध अघि एमाले देशभरीका युवा नेताहरुले पदाधिकारीहरूलाई म्यासेजको अभियान चलाएका छन ।

‘परिर्वतनका लागि युवा समूह’को नाममा उनीहरूले अब एमालेसामु दुईवटा विकल्प रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजान नहुने बताएका हुन् ।

‘हामी कम्युनिष्ट आन्दोलनको नयाँ घुम्तीमा उभिएका छौं । अब एमालेसँग दुई विकल्प छ, ‘कि सच्चिने, कि त सक्किने ?’ एमाले सक्कियो भने कम्युनिष्ट आन्दोलन पनि सक्किने बाटोमा जानेछ । देश संकटमा पर्नेछ’, उनीहरू म्यासेजमा भनेका छन्, ‘एमालेको वर्तमान नेतृत्वबाट एमाले, कम्युनिष्ट आन्दोलन र देशको रक्षा सम्भव छैन । हामीलाई गहिरो विश्वास छ, ‘गलत नेतृत्वको रक्षा गरेर कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजानु हुने छैन ।’

उनीहरूले पार्टीको सबै संरचनामा रूपान्तरण र पुनर्गठन जरूरी रहेको बताएका छन् ।

‘निर्णय आजै गर्नुहोला । नयाँ सन्देश प्रवाह गर्नुहोला । हामी पुनर्गठन सन्देश बोकेर दशैंमा गाउँ जानेछौँ’, उनीहरूले सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : ०८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक