चार दशकदेखि चङ्गा बेचिरहेका दीपेन्द्र (तस्बिरहरू) « Khabarhub

चार दशकदेखि चङ्गा बेचिरहेका दीपेन्द्र (तस्बिरहरू)


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा दीपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दशैंमा चङ्गा बेच्दै आएका छन्। उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ।

पहिले दशैंमा चङ्गा किन्नेको भिड हुन्थ्यो। अहिले भने चङ्गा किन्ने मानिस घटेका छन्। सामान्य चङ्गाको १०–४० रुपैयाँसम्म पर्छ। नेपालमै बनेको कागजमा तयार गरिएको दशैंको चङ्गा भने महँगो पर्छ।

लट्टाईको मूल्य सानो लट्टाई १२० रुपैयाँदेखि सुरु भई ठूलो लट्टाई १०००–१२०० रुपैयाँसम्म पर्छ। चङ्गा बनाउने काम त दसैंका लागि गरिन्छ, तर दीपेन्द्र रञ्जितकारले इन्द्रजात्रा पछि पसलमा चङ्गा बनाउने काम सुरु गर्छन्।

दशैंमा चङ्गा उडाउनु केवल खेल मात्र होइन, यसले परिवार र समुदायलाई एकत्रित गर्ने, पर्वको रमाइलो बढाउने र संस्कृति तथा परम्परा जगेर्ना गर्ने काम गर्छ। आकाशमा रंगीन चङ्गा उडाउँदा उत्सवको माहौल अझ जीवन्त हुन्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : ३५ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६