प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न गृह सचिवको निर्देशन « Khabarhub

प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न गृह सचिवको निर्देशन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको आइतबार निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्नेमा जोड दिए ।

गृह सचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस क्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्रभित्र रहेर नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताए ।

सो अवसरमा गृहसचिव  दङ्गालसमक्ष प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले सङ्गठनको संरचना एवम् विकास क्रम, अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्या तथा आगामी कार्यदिशा र अपेक्षाबारेमा प्रस्तुतीकरण गरेका थिए । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ३ : ५२ बजे

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स