धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन « Khabarhub

धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

उनका सहयोगीहरूका अनुसार साम्पाङले नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका हुन् । उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएको सहयोगीहरूले बताएका छन् ।

मेयर साम्पाङले पनि निर्वाचन आयोगमा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ता गराएको जानकारी आइतबार दिएका छन् ।

तर उक्त पार्टीको कार्यनीति र नेताहरूको को को छ भन्ने उनले केही पनि खुलाएका छैनन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेटिने कोसिस असफल भएपछि उनी धरान फर्किएका थिए ।

धरान गएदेखि उनले निरन्तर काठमाडौंका मेयर बालेन्द्र साहमाथि सामाजिक सञ्जलबाट प्रहार गरिरहेका छन्।

२०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले लौरो चुनाव चिह्नबाट जित निकालेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ४९ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६