डेरामा बस्नेको सहजताका लागि घट्टेकुलो चोकमा सामूहिक दुर्गा पूजा « Khabarhub

डेरामा बस्नेको सहजताका लागि घट्टेकुलो चोकमा सामूहिक दुर्गा पूजा


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरामा बस्नेको सहजताका लागि दुर्गा स्थापना गरेर घटस्थापनासहित सामूहिक पूजा आराधना भइरहेको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि घट्टेकुलो चोकमा दुर्गाको अस्थायी मूर्ति स्थापना गरेर पूजा, आराधना गर्न थालेको हो । 

काउन्सिलका अध्यक्ष सुनिलराज भण्डारीले विभिन्न जिल्लाबाट काठमाडौँ आएर डेरामा बस्नेलाई दुर्गा देवीको पूजा आराधनाका लागि सहजता होस् भन्ने उद्देश्यले दुर्गा स्थापनासहित पूजा, आराधनाको व्यवस्था गरिएको बताए । डेरामा बस्नेले सबै व्यवस्था गर्न असहज हुने भएकाले चोकमा दुर्गाको आराधना सुरु गरिएको उनले उल्लेख गरे । 

डेढ दशकदेखि यहाँ फलफूल पसल सञ्चालन गरिरहेका दोलखाका रविप्रसाद काफ्लेले पुर्ख्यौली थातथलो फर्कन नसक्नेका लागि यसले सहयोग पुर्‍याउने बताए । काठमाडौंको मुख्य बजारको चोकमा यसरी दुर्गा पूजा हुने पहिलो स्थान बनेको आफूले देखेको उनको भनाइ छ ।

कुपण्डोल र पशुपति क्षेत्रलगायत स्थानमा यसरी नै चोकमा दुर्गा स्थापना गरेर पूजा, आराधना गर्ने र स्थानीयलाई सहजीकरण गर्ने काम भइरहेको काउन्सिलका सचिव सुबोधचन्द्र साहले जानकारी दिए। बहालमा बस्ने सबैकामा दुर्गा पूजा गर्ने स्थान नहुने भएकाले यसले सबैलाई चाडपर्व मनाउन सहयोग गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ३० बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६