प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल « Khabarhub

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उता जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरिएको मन्त्री खरेलले बताएका छन् ।

हालसम्म आफूसहित ८ सदस्यीय मन्त्रिपरिषद् बनाएकी उनले सल्लाहकार पनि नियुक्त गरेकी हुन् ।

खनाल २५ वर्षदेखि पत्रकारितामा संलग्न छन् । उनी उकालो अभियानका पूर्वनिर्देशक हुन् । उनी उकालो डटकम र अंग्रेजी दैनिक द हिमालयन टाइम्सका पूर्वसम्पादक पनि हुन् ।

पत्रकारितामा उनीसँग नेपालका विभिन्न संस्थानहरूमा गरी २५ वर्षभन्दा बढी काम गरेका छन् । खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्र (सीईएसआई) का अनुसन्धान सल्लाहकार पनि हुन् ।

उनी दुई वर्षदेखि भ्रष्टाचार, दण्डहीनता, सुशासन र राष्ट्रिय सुरक्षासम्बन्धी चासोबारेमा अनुसन्धानमा पनि संलग्न छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ५६ बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी