प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल « Khabarhub

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उता जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरिएको मन्त्री खरेलले बताएका छन् ।

हालसम्म आफूसहित ८ सदस्यीय मन्त्रिपरिषद् बनाएकी उनले सल्लाहकार पनि नियुक्त गरेकी हुन् ।

खनाल २५ वर्षदेखि पत्रकारितामा संलग्न छन् । उनी उकालो अभियानका पूर्वनिर्देशक हुन् । उनी उकालो डटकम र अंग्रेजी दैनिक द हिमालयन टाइम्सका पूर्वसम्पादक पनि हुन् ।

पत्रकारितामा उनीसँग नेपालका विभिन्न संस्थानहरूमा गरी २५ वर्षभन्दा बढी काम गरेका छन् । खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्र (सीईएसआई) का अनुसन्धान सल्लाहकार पनि हुन् ।

उनी दुई वर्षदेखि भ्रष्टाचार, दण्डहीनता, सुशासन र राष्ट्रिय सुरक्षासम्बन्धी चासोबारेमा अनुसन्धानमा पनि संलग्न छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ५६ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्