‘जेन-जी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण « Khabarhub

‘जेन-जी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धरान– गत भदौ २३ र २४ मा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सङ्घीय सरकारबाट प्राप्त रकम आज हस्तान्तरण गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक मृतकका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ र क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँ रकम वितरण गरिएको बताए । यो रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको थियो । 

यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप एक लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । रासस
 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : २० बजे

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

काठमाडौं– मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको