नामिबियामा इटोसा पार्कको आगो नियन्त्रणका लागि सैनिक परिचालित « Khabarhub

नामिबियामा इटोसा पार्कको आगो नियन्त्रणका लागि सैनिक परिचालित


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विन्डोक– नामिबिया सरकारले अफ्रिकाको सबैभन्दा ठूलो खेल भण्डारमध्ये एक, विशाल इटोसा राष्ट्रिय निकुञ्जमा फैलिएको भीषण आगोसँग लड्न सयौँ सैनिक खटाएको छ ।

उत्तर नामिबियामा रहेको यस पार्कमा ११४ प्रजातिका स्तनपायी प्राणीहरू पाइन्छन् । यहाँ विशेषगरी लोपोन्मुख काला गैँडाहरू बसोबास गर्छन् । साथै यो देशको प्रमुख पर्यटन आकर्षण पनि हो ।

गत सेप्टेम्बर २२ देखि सुरु भएको आगलागीले पार्कको करिब ३४ प्रतिशत भाग जलेको छ । यसले व्यापक पारिस्थितिक क्षति पुर्‍याएको नामिबियाको वातावरण मन्त्रालयले बताएको छ ।

शनिबार बसेको आपत्कालीन क्याबिनेट बैठकपछि सरकारले थप ५०० सैनिक परिचालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री त्जितुङ्गा एलिजा न्गुआरको कार्यालयले सामाजिक सञ्जालमार्फत आइतबारदेखि नै सैनिकहरूलाई प्रहरी, स्थानीय टोली तथा अन्य अग्नि नियन्त्रण दलसँग मिलेर काम गर्न खटाइएको जानकारी दिए ।

रक्षामन्त्री फ्रान्स कापोफीले एएफपीसँग कुरा गर्दै भने, ‘सेना तैनाथ गर्ने आदेश दिइएको छ । यदि सबै अझै मैदानमा पुगेका छैनन् भने पनि चाँडै पुग्नेछन् । उनीहरूलाई विभिन्न क्षेत्रबाट खटाइएका छन् र प्रभावित सबै क्षेत्रमा परिचालन गरिनेछ ।’

आगलागीका कारण कम्तीमा नौ मृगको मृत्यु भएको छ । आगो सीमावर्ती व्यापारिक खेतहरूमा भइरहेको कोइला उत्पादन गतिविधिबाट सुरु भएको विश्वास मन्त्रालयले गरेको छ ।

बाइस हजार २७० वर्गकिलोमिटर (आठ हजार ६०० वर्ग माइल) क्षेत्रफलमा फैलिएको इटोसा पार्कको मुख्य आकर्षण प्राचीन इटोसा नुन प्यान हो, जसको लम्बाइ करिब १३० किलोमिटर र चौडाइ ५० किलोमिटर छ । वर्षा याममा यहाँ ठूलो सङ्ख्यामा फ्लेमिङ्गो देखा पर्छन्, जसले हजारौँ पर्यटकलाई आकर्षित गर्ने गर्दछ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : ४३ बजे

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६