भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो « Khabarhub

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई भने मकैबाली थन्क्याउने चटारो छ । यहाँ प्रायः भदौ र असोज महिनामा मकै पाक्ने भएकाले किसानहरू खेतबारीमा भेला भएर मकै भाँच्ने, सुकाउने र भण्डारण गर्ने काममा बेस्त हुन्छन् । यहाँको लेकाली क्षेत्रको प्रमुख अन्नबालीका रूपमा मकैलाई लिइन्छ ।

यहाँ धान उत्पादन कम हुने भएकाले मकै अधिकांश परिवारका लागि मकै वर्षभरको खानाको मुख्य स्रोत हो । किसानहरूले हाल घरआँगन र गोठको छानोमा मकै सुकाइरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा वृद्धि गर्न लेकाली भेगमा उन्नत जातका मकैबाली बिस्तार भइरहेको छ ।

यसले किसानको आयआर्जनमा समेत सहयोग पुर्‍याएको केन्द्रले जनाएको छ । स्थानीय बजारमा दाना बिक्री गर्न सकिने भएकाले मकै किसानले नगद आम्दानी गरिरहेका छन् ।

स्थानीय बजारमा प्रतिपाथी रु २०० देखि २५० सम्ममा मकै बिक्री हुने गरेको किसान गोरखबहादुर विष्टले बताए । यहाँका नौवटै स्थानीय तहको लेकाली भेगमा मकै खेती हुने गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ३२ बजे

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल