आज २०८२ साल कात्तिक ११ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक ११ गते मंगलबारको राशिफल


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८ तारिख।। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। नयाँ कुराको सुरुवात गर्ने दिन छ।

वृष : दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : तपाईंका लागि आजको दिन धेरै राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

कर्कट : दिन राम्रो छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। आफन्तबाट भने धोका हुने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्न जानेमा फाइदा हुनेछ । प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने योग छ ।

मकर : दिन सामान्य राम्रो छ। विपक्षी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुने छ। भएको सम्पत्ति जोगाउनु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मीन : तपाईंका लागि दिन सामान्य छ। साना कुराले स्वास्थ्यमा समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। अग्रजको सुझाव लिएर गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ५५ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा