स्पेनिस ला लिगा : रियल बेटिसविरुद्ध एट्लेटिकोको जित « Khabarhub

स्पेनिस ला लिगा : रियल बेटिसविरुद्ध एट्लेटिकोको जित


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

मंगलबार बिहान सकिएको खेलमा रियल बेटिसलाई २–० गोलले हराउँदै एट्लेटिको विजयी भएको हो ।

एट्लेटिकोका लागि गुइलियानो सिमियोन र एलेक्स बेनाले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै सिमियोनले एट्लेटिकोका लागि सुरुवाती गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेनाले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै १० खेलबाट १९ अंक जोडेको एट्लेटिको मड्रिड चौथो स्थानमा रहेको छ भने पराजित भएको रियल बेटिस समान खेलबाट १६ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ६ : ५५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३