अरुण नदीको सतिघाटमा फेरी सञ्चालन | Khabarhub Khabarhub

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् ।

वर्षातको समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयलले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुनःसञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ ।

फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । २०७६ सालदेखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ ।

फेरी बन्द हुँदा झोलुङ्गे पुलबाट आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सजता थपिएको स्थानीयवासी दिपेन्द्र श्रेष्ठले बताए ।

‘पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ’, उनले भने, ‘फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो । यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ४७ बजे

विद्यार्थी सङ्गठन नेताका ‘गार्ड’जस्ता भए

२००७ सालपछि देशमा भएका हरेक क्रान्तिकारी परिवर्तनमा विद्यार्थी नेतृत्व अग्रपङ्तिमै

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी शनिबार (कात्तिक १५

सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु

मुस्ताङमा भारी हिमपात (तस्बिरहरू)

मुस्ताङ– गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ