उत्तरी गोरखामा भारी हिमपात, पर्यटक प्रभावित | Khabarhub Khabarhub

उत्तरी गोरखामा भारी हिमपात, पर्यटक प्रभावित


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् ।

हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ’, उनले भने, ‘अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।’

सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् । त्यस्तै वडा नम्बर १ को सामागाउँ, साम्दो, वडा नम्बर २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ ।

हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् । (रासस)

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ११ : ०४ बजे

बङ्गलादेशमा तीव्र डेंगु सङ्क्रमण ९८३ नयाँ सङ्क्रमित, छ जनाको मृत्यु

ढाका– बङ्गलादेशमा सोमबार मात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका

हिरोलाई बडेमानको ट्याग दिन मेकरहरु हौसिन्छन्, जोगिएनन् सुशील पनि

काठमाडौं – अहिले आफ्नो फिल्मको हिरालाई मेकरहरुले मनलाग्दी ट्याग दिने

मुस्ताङमा हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित

मुस्ताङ– जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न

पूर्वप्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु

टोकियो– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या अभियोगको मुद्दा मङ्गलबारदेखि टोकियोमा

प्रहरी प्रभाग बुङ्गमतीको भवन हस्तान्तरण

पाटन– गत भदौ २४ गतेको जेन-जी आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी