महोत्तरीमा मनाइयो छठ पर्व  « Khabarhub

महोत्तरीमा मनाइयो छठ पर्व 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ ।  पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ सम्पन्न गरेका हुन् । छठमा षष्ठी तिथिमा निराहार व्रत गरिन्छ । यसरी  निर्जला व्रत अहिले बिहान सूर्योदयसँगै सम्पन्न गरिएको हो ।

आज बिहान मधेश प्रदेशमा ६ बजेर १२ मिनेटको समयमा सूर्योदय हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । तर महोत्तरीका अधिकांश भेगमा आज बिहान झिसमिसेदेखि नै धुम्म बादल लाग्दा सूर्यदेव देखिन ढिलो भएको बर्दिबास–२ की व्रतालु देवकला महतोले बताइन् । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ ।

मिथिला क्षेत्रमा आज बिहान बादल लागेर मौसम सफा नहुँदा घाम देखिन व्रतालुले निकै बेर पर्खनुपरेको थियो । घाम झुल्केको देखेपछि अर्घ दिएर व्रतालुले पर्व सम्पन्न गरेका हुन् । यसअघि व्रतालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै  कम्मरसम्म डुब्ने पानीमा तीनपटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए ।

पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति सक्खरमा पकाइएको खीरमात्र खाएका थिए । 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ११ : ४३ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल