ट्रम्पद्वारा ‘प्रतिभाशाली’ सीको प्रशंसा « Khabarhub

ट्रम्पद्वारा ‘प्रतिभाशाली’ सीको प्रशंसा


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भेटअघि चीनप्रति लामो समयदेखि रहेको कठोर धारणा नरम पार्दै सीलाई ‘उत्कृष्ट र प्रतिभाशाली व्यक्ति’ का रूपमा वर्णन गरेका छन् । सन् २०१९ पछि उनीहरूको यो पहिलो प्रत्यक्ष भेट हुनेछ ।

ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “उहाँ एक अर्ब ४० करोड जनतालाई कठोरतापूर्वक चलाउनुहुन्छ—स्मार्ट, प्रतिभाशाली, असाधारण व्यक्ति । हलिउडमा पनि उहाँको जस्तो कोही छैन ।” चीनमाथि कठोर बयानबाजीका बीच उनले यसरी प्रशंसा गर्नुलाई विश्लेषकहरूले वासिङ्टनको परम्परागत चीनप्रतिको दृष्टिकोणमा परिवर्तनको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

ट्रम्प र सीबीचको वार्ताको एजेन्डामा व्यापार मुख्य विषय हुनेछ । हालै क्वालालम्पुरमा भएको वार्तापछि दुवै पक्षले व्यापार सम्झौता नजिकिएको सङ्केत दिएका छन् । तर विश्लेषकहरूले दीर्घकालीन सहमतिको सम्भावनामा शङ्का प्रकट गरेका छन् । पूर्व राष्ट्रपति बराक ओबामाका चीन सल्लाहकार रायन हास भन्छन्, “ट्रम्पले सम्झौता खोजिरहनुभएको छ, तर अमेरिकी नोकरशाही अझै बेइजिङप्रतिको प्रतिरोधमा केन्द्रित छ ।”

उनका अनुसार चीन संयुक्त राज्य अमेरिकासँग बराबरीको साझेदारी नभइ, आफ्नै प्रभाव क्षेत्र विस्तारमा बढी रुचि राख्छ । सन् २०१९ मा ट्रम्पले चीनसँग गरेको ऐतिहासिक व्यापार सम्झौताले दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी निर्यात वृद्धि गर्ने अपेक्षा गरिएको थियो, तर कोभिड–१९ महामारीपछि त्यो असफल भयो । त्यसपछि ट्रम्पले महामारीलाई ‘चिनियाँ भाइरस’ भन्दै तीव्र असन्तोष प्रकट गरेका थिए ।

जो बाइडेन प्रशासनले पनि चीनमाथि संवेदनशील प्रविधि प्रतिबन्धलगायत दबाब कायम राखेको थियो, यद्यपि सीमित सहकार्यका लागि द्विपक्षीय संवाद पनि जारी छ । स्टिम्सन सेन्टरकी विश्लेषक युन सन भन्छिन्, “चिनियाँहरूलाई ट्रम्पको शैली मन नपरे पनि उनीहरू उहाँलाई व्यावहारिक सम्झौतामा सक्षम व्यक्ति ठान्छन् । उनीहरूलाई लाग्छ, ट्रम्प धेरै मुद्दामा बाइडेन प्रशासनभन्दा बढी लचिलो हुन सक्नुहुन्छ ।” यसैबीच, विदेश नीति विश्लेषक हेनरिएटा लेभिनका अनुसार ट्रम्पको असामान्य वार्ता शैलीका कारण राष्ट्रपति सी ताइवान सम्बन्धी छलफलमा उनको प्रतिक्रिया कस्तो हुनेछ भन्नेमा अनिश्चित छन् ।

उनले भने, “ट्रम्पले रणनीतिक विषयहरूलाई आर्थिक र राजनीतिक मुद्दासँग सिधा जोड्ने प्रवृत्ति राख्नुहुन्छ, जसले चीनलाई अवसर र चुनौती दुवै दिन सक्छ ।” चीनले ताइवानमा अमेरिकी हतियार बिक्रीको कडा विरोध गर्दै आएको छ र अमेरिकाले ‘ताइवानको स्वतन्त्रताको समर्थन गर्दैन’ भन्ने स्पष्ट वचन खोजिरहेको बताइएको छ ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘संयुक्त राज्य अमेरिका कुनै पनि व्यापार सम्झौताका नाममा ताइवानबाट टाढा जाने छैन’ भन्दै बेइजिङप्रतिको कडा नीति दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : ५४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील