गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती  « Khabarhub

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरू जोडिएको भए छानविन गर्न सरकारलाई चूनौति दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चुनौति दिएका हुन् । पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताए ।

सबैभन्दा बढी पपुलर मत पाएका नेता (केपी शर्मा ओली) लाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने उनले बताए ।

उनले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता भए एमाले कुनै हिसाबले पनि निर्वाचनबाट नभाग्ने स्पष्ट पारे ।

नेता पोखरेलले सरकारमा अहिले जेन–जीको भावना प्रतिबिम्बित गर्ने मानिसहरू नगएको बताए । समृद्धिको दिशामा एमालेले जति काम अरु कसैले गर्न नसकेको उनले दावी गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : ११ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ