केन्यामा विमान दुर्घटनाहुँदा १२ जनाको मृत्यु | Khabarhub Khabarhub

केन्यामा विमान दुर्घटनाहुँदा १२ जनाको मृत्यु


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नैरोबी- केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।

विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भई रहेको केसीएएले जनाएको छ । मासाई मारा नेसनल रिजर्भ तर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यहरू बीच सञ्चालन गर्ने एयरलाइन्सको भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ४ : ०८ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७