प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई « Khabarhub

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । 

विभिन्न समूहमा रहेका जेन–जी युवाहरूलाई एकै ठाउँ ल्याउने वातावरण बनाउन माग गर्दै उनीहरूले मंगलबार प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

जेन–जी युवा विभिन्न समूहमा रहँदा एकता बलियो हुन नसकेकाले सबैलाई एकताबद्ध गर्ने गरी पहलकदमी लिन आफूहरूले प्रधानमन्त्री समक्ष आग्रह गरेको जेन–जी युनाइटेडका सदस्य सदिक्षा राईले जानकारी दिइन् । समान एजेन्डा बोकेका युवाहरू एकै ठाउँ आउनुपर्ने उनले बताइन् ।

उनले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको उल्लेख गरिन् ।

जेन–जी युवाहरू एकताबद्ध हुनुपर्ने भन्दै पछिल्लो समय जेन–जी युनाइटेडका युवाहरूले विभिन्न कार्यक्रम समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ६ : ३१ बजे

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा