चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो « Khabarhub

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाड्न नसकिने बताएका छन् । मध्यपूर्वको भ्रमणमा रहेका बेला विदेशमन्त्री रुबियोले यस्तो बताएका हुन् ।

अहिले एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग भेटवार्ता गरी व्यापारिक सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

‘ताइवानले चिन्ता लिनुपर्ने धेरै कुरा छन् र त्यो जायज पनि छ, किनभने उनीहरुको अवस्था नै त्यस्तै छ ।’ विदेशमन्त्री रुबियोलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

लामो समयदेखि अमेरिकाले बेइजिङमा रहेको कम्युनिष्ट पार्टीको सरकारलाई आधिकारिक मान्यता दिँदै आएको छ ।

यद्यपि अमेरिकाले लोकतान्त्रिक पद्धती रहेको ताइवानको सुरक्षाका लागि सैन्य उपकरण तथा अन्य सहयोग प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ४४ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को