चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो « Khabarhub

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाड्न नसकिने बताएका छन् । मध्यपूर्वको भ्रमणमा रहेका बेला विदेशमन्त्री रुबियोले यस्तो बताएका हुन् ।

अहिले एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग भेटवार्ता गरी व्यापारिक सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

‘ताइवानले चिन्ता लिनुपर्ने धेरै कुरा छन् र त्यो जायज पनि छ, किनभने उनीहरुको अवस्था नै त्यस्तै छ ।’ विदेशमन्त्री रुबियोलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

लामो समयदेखि अमेरिकाले बेइजिङमा रहेको कम्युनिष्ट पार्टीको सरकारलाई आधिकारिक मान्यता दिँदै आएको छ ।

यद्यपि अमेरिकाले लोकतान्त्रिक पद्धती रहेको ताइवानको सुरक्षाका लागि सैन्य उपकरण तथा अन्य सहयोग प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ४४ बजे

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार