हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ « Khabarhub

हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले आगामी फागुन २१ गते हुने निर्वाचनको निम्ति वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

यहाँ आज आयोजित ‘संसद् पुनःस्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया उनले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नरहेको र त्यसका लागि सरकारले वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । 

नेता तामाङले भने, ‘चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ । चुनाव निष्पक्ष हुन्छ, नागरिकले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढङ्गले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि विश्वास हुनुपर्‍यो  ।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त आफ्नो पार्टी तयार रहेको पनि बताए। 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ५५ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर