बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने « Khabarhub

बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने भएको छ।

बद्रीनारायण धाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलोपटक यहाँ आगामी कात्तिक १५ गते एकादशी मेला हुन लागेको हो।

नारायण पोखरेल प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दीनबन्धु पोखरेलले सनातनीहरूको धार्मिक धरोहर बद्रीनारायण धाम उपत्यकामा परापूर्वकालदेखि चलिआएका चार नारायण दर्शनमा पाँचौँ धामको रूपमा विकास भएकाले यहाँ पहिलोपटक एकादशी मेला आयोजना गरिएको बताए।

धार्मिक पर्यटनका लागि बर्सेनि हजारौँ भक्तजन विभिन्न क्षेत्रको यात्रामा निस्किरहेको अवस्थामा पण्डित स्व नारायण पोखरेलको स्मृतिमा नेपालमै बद्रीनारायण धाम निर्माण गरिएको उनको भनाइ छ।

यसअघि गत वैशाख १९ गतेदेखि २७ गतेसम्म धामको प्राणप्रतिष्ठा गरिएको थियो। रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धाममा रु सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायत संरचना निर्माण भइरहेका छन्।

उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : २३ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि