आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २८ तारिख। गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ। व्यापारमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । हरेक काममा परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। मिल्ने साथीले असहयोग गर्ने जोखिम छ। कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मिथुन : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा फाइदा होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

कर्कट : दिन सामान्य छ। साथीबाट असहयोग हुनसक्ने जोखिम छ। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नू उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा तनाव बढ्नेछ ।

सिंह : दिन राम्रो छ। चन्द्रमा उच्च भएकाले परिवारको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। बौद्धिक व्यक्ति सँगको भेटले मन शान्त बन्नेछ।

कन्या : दिन सामान्य छ। अरूले गरेको खराब कामको आरोप तपाईंमाथि लाग्ने जोखिम छ। अचानक स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नुपर्ने समय छ।

तुला : दिन राम्रो छ। आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। परिवारका सदस्यको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। तपाईंका लागि आजको दिन खराब देखिन्छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी बलियो भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

धनु : समझदारीमा काम गर्नुपर्ने छ । तपाईंको दिन धेरै राम्रो छ। विदेशतर्फ मन आकर्षित हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा होला। परिवारको साथमा हुने यात्रा सहज बन्नेछ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। जागिरमा बढुवा हुनेछ। विपक्षीसँग विवाद नगरी काममा अगाडि बढ्नु उचित हुन्छ। रानीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ । तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ।

मीन : दिन सामान्य छ। काम गर्दा सचेत भएर गर्नुपर्ने देखिन्छ । सञ्चित धन खर्च हुनेछ । परिवारभित्र विवाद नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा होला । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ०९ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा