मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पताल मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : २८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको