एसिसी यु-१९ प्रिमियर कप : शनिबार सेमिफाइनलमा मलेसियासँग भिड्दै नेपाल « Khabarhub

एसिसी यु-१९ प्रिमियर कप : शनिबार सेमिफाइनलमा मलेसियासँग भिड्दै नेपाल


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा हङकङलाई एक सय १९ रनले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो। पहिलो सेमिफाइनलमा नेपालले शनिबार मलेसियाको सामना गर्नेछ। अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्नेछन्।

बिहीबार दोस्रो जित निकालेको नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो। जितका लागि नेपालले दिएको दुई सय ७१ रनको लक्ष्य पछ्याएको हङकङले ४० ओभर पाँच बलमा सबै विकेट गुमाउँदा १०५ रनमा समेटिएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७० रन बनाएको थियो।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हराएको थियो। पहिला ब्याटिङ गरेको साउदीले जितका लागि दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टाएको थियो।

नेपालका लागि निरजकुमार यादवले शतकीय पारी खेलेका थिए। उनले ९० बलमा १३ चौका र एक छक्कासहित एक सय १४ रन बनाउँदा निश्चल क्षेत्रीले ६६ र वंश क्षेत्रीले ३० रन थपेका थिए।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ३५ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा