आदर्श गृहले आफ्नै भवन बनाउँदै « Khabarhub

आदर्श गृहले आफ्नै भवन बनाउँदै


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो । 

हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा आज भवनको शिलान्यास गरिएको छ। 

त्यस अवसरमा स्वामी ज्ञानानन्द सरस्वतीसँगै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, भरतपुर महानगरपालिकाका जनप्रतिनिधि एवं भूमि दाताहरूले संयुक्त रूपमा भवनको शिलन्यास गरेका हुन् ।

ज्ञानानन्द सरस्वतीले आदर्श गृह नेपालजस्ता संस्थाहरूले समाजलाई सही दिशामा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गर्दै भवन निर्माणको महान अभियानमा सहभागी भई पुण्यको कार्य गर्न सम्पूर्णलाई अनुरोध गरे।

संस्थाका अध्यक्ष मीना खरेलले संस्थाले विसं २०६६ देखि हिंसा प्रवाहित महिला तथा बालबालिकाहरुको, उत्थान, विकास, अधिकार र संरक्षणमा काम गर्दै आएको बताए। हाल हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा विभिन्न अभियान, अल्पकालीन एवं दीर्घकालीन सेवा, पारिवारिक पुनर्मिलन परामर्श, तालिम, हस्तकलालगायत आयमूलक एवं सेवामूलक कार्य गर्दै आएको उनले बताए । 

हालसम्म संस्थाले एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको, २३४ जना प्रभावितको जिल्ला र पुनरावेदनमा मुद्दा लडेको खरेलले जानकारी दिए । हाल संस्थामा तीन बालकसहित २९ जनाले आश्रय लिइरहेका छन् ।

भूमिदाता तथा सहयोगीबाट संकलित रकमले संस्थाका लागि चार कट्ठा जमिन खरिद गरिएका छ । जसमध्ये एक कट्ठा संस्थापक अध्यक्ष खरेलले र बाँकी विभिन्न दाताहरूबाट संकलित रकमबाट जग्गा खरिद गरिएको संस्थाका सचिव अर्जुन अधिकारीले बताए। 

संस्थाले धान्याञ्चल महायज्ञ गरेर आर्थिक संकलन गरी एक वर्ष छ महिनाभित्रमा भवन सम्पन्न गर्ने लक्ष्य राखेको अधिकारीले बताए। हिंसा प्रभावित महिला र बालबालिकाको आश्रयस्थल बनाउन लागिएकाले दाताहरूको सकारात्मक सहयोग हुने अपेक्षा गरिएको उनले सुनाए। 

कार्यक्रममा भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, समाजसेवी उमाशंकर अग्रवाल, आदर्श नारी विकास केन्द्रका संस्थापक अध्यक्ष सीता सापकोटालगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ११ : ५९ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने