एनसेलको ‘एनपीएल प्ले प्याक’ मा एनपीएल दोस्रो संस्करणका खेल लाइभ हेर्न पाइने « Khabarhub

एनसेलको ‘एनपीएल प्ले प्याक’ मा एनपीएल दोस्रो संस्करणका खेल लाइभ हेर्न पाइने


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकले डिशहोम गो एपमार्फत खेलको मजा आफ्नै मोबाइलमा लिन सक्ने एनसेलले जनाएको छ । 

ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरू सहज रुपमा हेर्न सकुन् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित २९९ रुपैयाँ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । 

एनसेलका अनुसार एनपीएल प्ले प्याकमा २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाइने छ ।  एनसेल एप वा *१२३# डायल गरी सहजै यी प्याक खरिद गर्न सकिन्छ । 

‘बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरू ग्राहकले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रुपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी खुसी छौ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘डिशहोमसँगको यो साझेदारीले ग्राहकलाई एनपीएलका खेलहरू लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ ।’

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको