एनसेलको ‘एनपीएल प्ले प्याक’ मा एनपीएल दोस्रो संस्करणका खेल लाइभ हेर्न पाइने « Khabarhub

एनसेलको ‘एनपीएल प्ले प्याक’ मा एनपीएल दोस्रो संस्करणका खेल लाइभ हेर्न पाइने


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकले डिशहोम गो एपमार्फत खेलको मजा आफ्नै मोबाइलमा लिन सक्ने एनसेलले जनाएको छ । 

ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरू सहज रुपमा हेर्न सकुन् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित २९९ रुपैयाँ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । 

एनसेलका अनुसार एनपीएल प्ले प्याकमा २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाइने छ ।  एनसेल एप वा *१२३# डायल गरी सहजै यी प्याक खरिद गर्न सकिन्छ । 

‘बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरू ग्राहकले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रुपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी खुसी छौ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘डिशहोमसँगको यो साझेदारीले ग्राहकलाई एनपीएलका खेलहरू लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ ।’

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०३ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको