देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर « Khabarhub

देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँँ महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । 

देवीनगरमा भद्रकुमारी स्पोर्ट्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो । महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहि दिन अघि शिलान्यास गरिएको थियो । 

पार्क बनाउने स्थानलाई खालि गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका संरचना हटाएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोज प्रसाद लामिछानेले जानकारी दिए ।

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ । पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०९ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार