देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर « Khabarhub

देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँँ महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । 

देवीनगरमा भद्रकुमारी स्पोर्ट्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो । महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहि दिन अघि शिलान्यास गरिएको थियो । 

पार्क बनाउने स्थानलाई खालि गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका संरचना हटाएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोज प्रसाद लामिछानेले जानकारी दिए ।

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ । पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०९ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य