काठमाडौंलाई एकपछि अर्को झट्का, तीन ब्याटर सस्तैमा आउट « Khabarhub

काठमाडौंलाई एकपछि अर्को झट्का, तीन ब्याटर सस्तैमा आउट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेट अन्तर्गत चितवन राइनोजविरुद्ध शुक्रबार भइरहेको पहिलो खेलमा काठमाडौं गुर्खाजले सुरुमै तीन विकेट गुमाएको छ ।

राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा काठमाडौं ओपनर बेन चार्लेसवर्थ सस्तैमा आउट भए । पाँचौँ ओभरको खेल चलिरहँदा उनी केबल १३ रन बनाएको अवस्थामा क्याच आउट भए ।

त्यसअघि काठमाडौंका तेस्रो क्रमका ब्याटर राशिद खान तेस्रो ओभरको पाँचौँ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे । उनी केबल एक छक्का हान्दै बाहिरिए ।

चितवन राइनोजविरुद्ध पहिले ब्याटिङमा उत्रिएको काठमाडौंका ओपनर आकाश त्रिपाठी पनि रन आउट भए । उनी ५ बलको सामना गर्दै एक चौका मात्रै हानेर आउट भए ।

उनीहरू आउट भएपछि अहिले क्रिजमा जोहन सिम्पसन र चौथो क्रमका मिलिन्दकुमार छन् । अहिले काठमाडौंले ४ ओभर खेल्दै ३ विटेको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको थियो । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । यो खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । यो खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : १८ बजे

चितवनविरुद्ध काठमाडौंका जोन सिम्पसनको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

एजेन्सी– वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि

महाधिवेशन प्रतिनिधि छनोटमै हुँदैछ ओली र पोखरेलको शक्ति परीक्षण, कोशीका अधिकांश जिल्लामा निर्वाचन

काठमाडौं- नेकपा एमालेको आशन्न एघारौँ महाधवेशनका लागि कोशी प्रदेशका अधिकांश

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा विधामा

श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु

एजेन्सी– श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु