काठमाडौंलाई एकपछि अर्को झट्का, तीन ब्याटर सस्तैमा आउट « Khabarhub

काठमाडौंलाई एकपछि अर्को झट्का, तीन ब्याटर सस्तैमा आउट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेट अन्तर्गत चितवन राइनोजविरुद्ध शुक्रबार भइरहेको पहिलो खेलमा काठमाडौं गुर्खाजले सुरुमै तीन विकेट गुमाएको छ ।

राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा काठमाडौं ओपनर बेन चार्लेसवर्थ सस्तैमा आउट भए । पाँचौँ ओभरको खेल चलिरहँदा उनी केबल १३ रन बनाएको अवस्थामा क्याच आउट भए ।

त्यसअघि काठमाडौंका तेस्रो क्रमका ब्याटर राशिद खान तेस्रो ओभरको पाँचौँ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे । उनी केबल एक छक्का हान्दै बाहिरिए ।

चितवन राइनोजविरुद्ध पहिले ब्याटिङमा उत्रिएको काठमाडौंका ओपनर आकाश त्रिपाठी पनि रन आउट भए । उनी ५ बलको सामना गर्दै एक चौका मात्रै हानेर आउट भए ।

उनीहरू आउट भएपछि अहिले क्रिजमा जोहन सिम्पसन र चौथो क्रमका मिलिन्दकुमार छन् । अहिले काठमाडौंले ४ ओभर खेल्दै ३ विटेको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको थियो । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । यो खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । यो खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : १८ बजे

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु