जोन सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य « Khabarhub

जोन सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ ओभरको ४ मा सबै विकेट गुमाएर १४२ रन बनायो ।

काठमाडौंले चार ओभरको तेस्रो बलमा पुग्दा ३ विकेट गुमाएको थियो । ओपनर आकाश त्रिपाठी ४, ब्याटर रसिद खान ६ र अर्का ओपनर बेन बेन चार्ल्सवर्थ १३ रन बनाएर सस्तैमा आउट भए ।

यी तीन महत्त्वपूर्ण विकेट गुम्दा काठमाडौंले मात्रै २४ रन जोडेको थियो ।

चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको बलियो साझेदारी गरे । काठमाडौंलाई चितवनको चौथो विकेट लिन ११ ओभर ४ बलको लामो संघर्ष गर्नुपर्‍यो ।

चौथो विकेटका रुपमा मिलिन्द ४३ बलमा ३८ रन जोडेर आउट भए । उनले ५ चौका हाने । उनी चौथो विकेटरुपमा १५ ओभरको अन्तिमा बलमा आउट भएका हुन् ।

अर्धशतकसमेत प्रहार गरेका काठमाडौंका जोन सिम्पसन ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६० रन जोडेर आउट भए ।

जोन र मिलिन्दको उत्कृष्ट साझेदारीले काठमाडौं बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

बलिङतर्फ चितवनका सोहिल तानवीरले ४ विकेट लिए । उनले काठमाडौंका ओपनर बेन र गेरहार्ड इरास्मसको महत्वपूर्ण विकेट लिए ।

१७ ओभरको दौरान तानवीरले तीन विकेट लिएका थिए । त्यस ओभरको पहिलो बलमा काठमाडौंका गेरहार्ड डक आउट भए । चौथो बलमा मोहम्मद आदिल आलम र अन्तिम बलमा सन्तोष यादव आउट भएका हुन् ।

१ विकेट लिएका रवि बोपाराले काठमाडौंको दोस्रो सर्वाधिक रनकर्ता मिलिन्दको विकेट लिए । मिलिन्द र जोनको बलियो साझेदारी भंग गर्ने उनी नै हुन् ।

रञ्जित कुमारले रसिद खानको महत्त्वपूर्ण सहित २ विकेट लिए । कमल ऐरीको नाममा पनि २ विकेट पर्‍यो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : २७ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी