नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक « Khabarhub

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ स्पिकर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ‘पार्टीपाल ३००’ र ‘पार्टीपाल २२०’ मोडेलका स्पिकर सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका मोडेलमध्ये ‘पार्टीपाल ३००’ मा १२० वाटको आरएमएस सहितको बोट सिग्नेचर साउन्ड उपलब्ध छ । ठूला कार्यक्रम, घरका पार्टी र बाहिरी जमघटका लागि यो स्पिकर उपयुक्त मानिएको छ । यसमा फ्लेम स्टाइलको एलईडी लाइट पनि जडान गरिएको छ ।

यसमा ब्लुटुथ ५.३, अक्स, यूएसबी र टीएफ कार्डको सुविधा उपलब्ध गराइएको छ । यो स्पिकरमा ६ घण्टासम्मको ब्याट्री ब्याकअप पाइने कम्पनीको दाबी छ ।

त्यस्तै ‘पार्टीपाल ३००’ भन्दा केही सानो ‘पार्टीपाल २२०’ स्पिकर पनि कम्पनीले नेपाली बजारमा ल्याएको छ । ८० वाटको आरएमएस आउटपुट दिने यो स्पिकरमा पनि आरजीबी लाइटिङ जडान गरिएको छ । यसमा पनि ब्लुटुथ ५.३, अक्स, यूएसबी र टीएफ कार्डको सुविधा छ । यसले पनि ६ घण्टाकै ब्याकअप दिने दाबी कम्पनीको छ ।

बोट ‘पार्टीपाल ३०० को आधिकारिक बजार मूल्य ३१ हजार ९९९ रुपैयाँ भए पनि अफर अन्तर्गत हाल २८ हजार ४९९ रुपैयाँमा र ‘पार्टीपाल २२०’ को बजार मूल्य २६ हजार ९९९ रुपैयाँ रहेकोमा अफर मूल्य २३ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : २७ बजे

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म