देशकै उत्कृष्ट अस्पताल बन्यो भरतपुर अस्पताल  « Khabarhub

देशकै उत्कृष्ट अस्पताल बन्यो भरतपुर अस्पताल 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । 

न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक प्राप्त गरेको बताए । 

त्यस्तै भेरी अस्पताल ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, धरान स्वास्थ्य विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७५, डडेलधुरा अस्पताल ७३, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत न्यूनतम सवा मापदण्ड पूरा गरेका छन् ।

वीर अस्पताल ६७, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९, नारायणी अस्पतालले ५६ प्रतिशत मापदण्ड पुरा गरेका छन् । यी अस्पतालहरू सुधार गर्ने क्रममा रहेको डा. पौडेलले बताएका छन् ।

यस वर्षको मूल्याङ्कनमा समेटिएका १३ वटा अस्पतालमध्ये गजेन्द्र नारायण सिंह अस्पताल र मानसिक पाटन अस्पतालको अवस्था निकै दयनीय रहेको उनले गोष्ठीमा जानकारी दिए । उनका अनुसार गजेन्द्रले ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ५९ बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका