देशकै उत्कृष्ट अस्पताल बन्यो भरतपुर अस्पताल  « Khabarhub

देशकै उत्कृष्ट अस्पताल बन्यो भरतपुर अस्पताल 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । 

न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक प्राप्त गरेको बताए । 

त्यस्तै भेरी अस्पताल ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, धरान स्वास्थ्य विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७५, डडेलधुरा अस्पताल ७३, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत न्यूनतम सवा मापदण्ड पूरा गरेका छन् ।

वीर अस्पताल ६७, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९, नारायणी अस्पतालले ५६ प्रतिशत मापदण्ड पुरा गरेका छन् । यी अस्पतालहरू सुधार गर्ने क्रममा रहेको डा. पौडेलले बताएका छन् ।

यस वर्षको मूल्याङ्कनमा समेटिएका १३ वटा अस्पतालमध्ये गजेन्द्र नारायण सिंह अस्पताल र मानसिक पाटन अस्पतालको अवस्था निकै दयनीय रहेको उनले गोष्ठीमा जानकारी दिए । उनका अनुसार गजेन्द्रले ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ५९ बजे

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष