लोमसबाट उत्पादित सेटोफेन न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता लैजान विभागको निर्देशन  « Khabarhub

लोमसबाट उत्पादित सेटोफेन न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिबाट उत्पादित प्यारासिटामोल ट्यावलेट सेटोफेन (ब्याच नं सीटी २७२३) बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधीको राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा उक्त व्याच नंको औषधी परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएको भन्दै औषधी ऐन २०३५ को दफा १४ बमोजिम विक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न उद्योगलाई विभागले निर्देशन दिएको हो ।

साथै उक्त ब्याच नं उल्लेख भएका औषधीको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन हुन सम्बन्धित सबैलाई अनुरोध छ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ५५ बजे

आगामी महिना भारत आउँदैछन् मेस्सी, यी चार सहरमा हुनेछ विशेष कार्यक्रम

काठमाडौं- विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी आगामी डिसेम्बर मा

विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन

मोरङ– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारी चालक अनुमति पत्र

कप्तान मल्ल पनि सस्तैमा आउट भएपछि दबाबमा रहेको चितवन, बोपाराको भरमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम

कैलाली– धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री

देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै

काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश