लगालग विकेट गुमेपछि काठमाडौंविरुद्ध चितवनको ब्याटिङ दबाबमा « Khabarhub

लगालग विकेट गुमेपछि काठमाडौंविरुद्ध चितवनको ब्याटिङ दबाबमा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएपछि ब्याटिङ धर्मराएको छ ।

खेल ६ ओभरको पाँचौँ बलमा पुग्दा चितवनले ४ विकेट गुमाएको छ भने ३२ रनको दयनीय अवस्थामा छ ।

चितवनका सुरुवाती क्रममा सबै ब्याटर सस्तैमा आउट भएका हुन् । २० रन जोडेर देव खनाल शाहब अलामको बलममा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । 

ओपनर दीपक बोहोर पहिलो विकेटका रुपमा शून्यमै आउट भए । डेविड मलानले ७ र सैफ जैबले १ रन जोडे । 

पहिलो ओभरदेखि नै धर्मराएको चितवनको ब्याटिङले लय समातेको छैन । 

बलिङमा काठमाडौंका मलिन्द कुमारले २ विकेट लिएका छन् । उनले ओपनर डविड मलान र सैफ जैबलाई आउट गराए । 

१४३ रनको लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङ गरेको छ । चितवनका दुई भरपर्दा ब्याटर कप्तान कुशल मल्ल र रवि बोपारा बाँकी नै छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : १६ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले